अंशु सदाको हत्यामा संलग्न ३ जना पक्राउ

Ansu sada -Hatya
मोरङ, ।
सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर च्क्ष्त् बाट खटिएको प्रहरी टोलीले असोज २८ गते दिउँसो बिराटनगरबाट उनीहरुलाई पक्राउ गरिएएको हो । उनीहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर-११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।


पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित