नयाँ वर्षमा पिकनिक गएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु ४० भन्दा बढि घाइते

accidentकाठमाडौं : नयाँ बर्षको अवसरमा पिकनिक खाएर फर्कदै गरेको विद्यार्थीहरु चढेको बस दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने बसमा सवार अधिकांश घाइते भएका छन् । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस रिजर्भ गरी पिकनिक गएका थिए । हेटौंडाको सहीद स्मारकबाट  पिकनिक सकेर सर्लाहीको परवानीपुरका लागि फर्किंदै गरेको ना३ख ७६६८ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलाको पुलबाट आइतबार राति खसेको हो । बस पुलबाट ५० मिटर तल बालुवाको ढिस्कोमा खसेको थियो । बसमा ५० भन्दा बढी विद्यार्थी थिए । घाइतेहरुको ट्राफिक प्रहरी र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको थियो । बसमा सवार सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यु र सोही ठाउँ वडा ५ का २० बर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित