श्रद्धाञ्जलीका लागि शताब्दी पुरुष जोशीको शव ललितपुर महानगर परिसरमा
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर ललितपुर महानगर परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।
अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि ल्याइएको थियो । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।
जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया