चौथो नेपाली टोपी दिवस यसरी मनाइयो

topi-day2काठमाडौं : ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका साथ आइतबार चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउंदै आएको छ । अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत गरिएको अभियान्ताहरुको धारणा छ ।  एकातिर अंग्रेजी नयाँ बर्षलाई नेपालीपनले मनाउने सोच र अर्कोतिर नेपाली पोशाक हटाएको पीडा । यिनै कारणले नेपाली टोपी दिवसको जन्म भएको हो । पहिलो र दोश्रो वर्ष फेसबुकमा सिमित रहेको नेपाली नेपाली टोपी दिवस अहिले भने स्कुलदेखि गाउँसम्मका सर्वसाधरण र विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थालेका छन् ।

topi-day9 नेपाली टोपी भन्नाले ढाकाटोपी, कालोटोपी, भादगाउँले टोपी लगायतलाई लिन सकिन्छ । अर्को कुरा हाम्रो देश बहुजातीय भएकाले जातीय पहिरण र यस अन्तर्गत विभिन्न जातीय टोपीहरु पनि छन । ति पनि हाम्रै मौलिक सम्पत्ती हुन त्यसैले सम्मानका साथ जगेर्ना गरिनुपर्छ । सामुदायिक टोपीहरु खास समुदायले खास अवसरमा मात्रै लगाउने गरे पनि नेपाली टोपी सबै समुदायले लगाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित