मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

Accident graphics
भक्तपुर ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्य बहादुर बोहरा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघर स्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्कर दिएर फरार रहेका मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित