शरद-रोशनी हत्या प्रकरणमा ४ जना पक्राउ

Sarad -Rosani
दाङ।
दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको र आजै सार्वजनिक गर्ने दाङका एसपी वीरबहादुर ओलीले बताए ।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गर्न भने बाकी नै रहेको छ ।

घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित