चुम्लिङ्गटार गएर उमेश श्रेष्ठले भने– शिक्षित युवाबाटनै देशले समृद्धि हासिल गर्छ

ichha1
चितवन ।
चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षित युवाहरुले देशको समृद्धिको हासिल गर्नसक्ने बताएका छन । चुनावी अभियानका क्रममा आज ईच्छाकामना गाउंँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट वेरोजगारी अन्त्य गर्न सकिने बताए । आफू पनि यही शिक्षा क्षेत्रबाटनै स्थापित र सफल भएकोले युवाहरु शिक्षित र उद्यमशिल हुनुपर्नेमा उनले जोड दिए ।

‘तपाईहरु शिक्षित हुनुस, उद्यमशील बन्नुस, मेहनत गर्नुस  देशको समृद्धि तपाईंहरुको हातमा छ । त्यसैले एकमिनेट पनि खेर नफाल्नुस श्रेष्ठले भने ।

युवाहरुले देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवानै देशको मेरुदण्ड रहेको उनले बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भएपनि दैनिक दुईहजारको हाराहारीमा युवाहरु विदेशिनु पर्ने दुखद बिषय भएको उनले बताए ।

‘देशको जनसंख्याको अधिकांश उत्पादनशील, उद्यमशील युवाहरु हुनुहुन्छ । तपाईहरुले आफूले जिवन खेर फाल्नु हुंँदैन । स्वदेशमै केही गर्नुपर्छ  श्रेष्ठले भने । युवाहरुले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक बामगठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे ।

‘युवाहरुले कार्यक्रम ल्याउनुस, योजना ल्याउनुस हामी युवाको साथमा छौं ’ श्रेष्ठले भने । देश र युवाहरुको भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित