ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु

Accident graphics
कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको रानाको उपचारका क्रममा कैलालीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।


से १ त ९३८७ नम्बरको ट्रयाक्टरले सुप प्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । कामको सिलसिलामा शुक्लाफाँटा नगरपालिका–४ गएका वेला ट्रयाक्टरले रानाको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरचालक श्रीकृष्ण रानासमेत घाइते भएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित