किन हुँदैछ युवा संंघका नेतामाथि हत्याको प्रयास ?

santosh-30122016094638-1000x0खुकुरी हान्ने पाँच जना पक्राउ

काठमाडौं : युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको १० दिनपछि युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि पनि हत्याको प्रयास भएको हो । बिहीबार राति ९ बजे बाँकेको कोहलपुरमा अपरिचित समूहले बुढाथोकीमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको हो । बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ । युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बुढाथोकीलाई थप उपचारका लागि काठमाडौं ल्याउने प्रयास भए पनि सम्भव नभएकाले भारतको लखनउ लगिएको जानकारी दिए । कटुवालले संगठनमाथि भएको निरन्तरको हमलाविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

खुकुरी हान्ने पाँच जना पक्राउ बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई पक्राउ गरिको बाँके प्रहरीले जनाएको छ । उनीहरुले किन बुढाथोकीमाथि खुकुरी प्रहार गरेको भन्नेबारे खुलिनसकेको र अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ । खुकुरी प्रहार पर्ने मुख्य योजनाकार बाँकेका २४ बर्षिय लक्ष्मण मल्ल भने फरार रहेको प्रहरी दाबी छ।

प्रतिक्रिया

सम्बन्धित