मकवानपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि कुटपिट

Birodh Khatiwada
हेटौंडा ।
मकवानपुर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित