प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ ।
बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया