सात किलो सुनसहित तस्कर पक्राउ

sun-taskarकाठमाडौं : रसुवाको केरुङ नाकाबाट गल्छी हुँदै काठमाडौं ल्याइदै गरेको सात किलो अबैध सुन महानगरिय अपराध महाशाखाले बरामद् गरेको छ । राजश्व छली गरी सुन तस्करी भइरहेको गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले बा ८ च ७४२० नम्बरको गाडीमा तस्करी गरेर ल्याइएको उक्त सुन बुधबार कलंकीबाट बरामद गरेको हो । लिस्ती–१ सिन्धुपाल्चोकका कुन्साङ लामाले गाडी भाडामा लिई आफै सुन तस्करी गरेको समेत खुलेको छ । महाशाखले आज पत्रकार सम्मेलन गरी सात किलो सुन, गाडी र चालकलाई सार्वजनिक गरेको हो । बरामद भएको सुन कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित