भारत पुर्याई मृगौला तस्करी गर्ने गिरोह पक्राउ

mrigaula-taskariकाठमाडौं : महानगरिय प्रहरी अपराध महाशाखाले सोझा सिधा नेपालीहरुको मृगौला तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ । भारतका बिभिन्न सहरहरुमा जागिर लगाईदिने प्रलोभन देखाई उनीहरुले नेपालीहरुलाई भारत पुर्याएर मृगौला तस्करी गर्दै आएका थिए । सोझा सिधान नेपालीहरुलाई भारतको बिभिन्न स्थानमा लगेर बेहोस बनाई मृगौला निकाली बेचबिखन गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले उपत्यकाका विभिन्न स्थान तथा पोखराबाट पक्राउ ६ गते पक्राउ गरेको भएपनि आज सार्वजनिक गरेको हो । प्रहरीले बौद्ध बस्ने काभ्रे महादेवस्थान–७ का बिकास भन्ने बिनुबहादुर तिमल्सिना, भक्तपुर कमलबिनायक बस्ने दोलखा भिमेश्वर–५ का प्रकाश बस्नेत र  दाङसिङ–५ कास्की का भिम प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाईमानब बेचबिखन तथा ओसार पसार मुद्दामा महानगरिय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धान बाट खुल्न आएका तथ्यहरुः – बिकास भन्ने बिनु बहादुर तिमल्सिना, प्रकाश बस्नेत, भिम प्रसाद न्यौपानेसमेतअन्य दुई जनामिलि मृगौला बेचविखन कार्य गरेको। – काठमाण्डौमा बिकास भन्ने बिनु बहादुर तिमल्सिना र प्रकाश बस्नेत भई ग्राहक खोज्ने तथा भिम न्यौपाने समेत मिलेर देशका बिभीन्न स्थान बाट जागिर लगाईदिने प्रलोभनमा पारी बिभिन्न उमेरका ब्यक्तीलाई काठमाण्डौ ल्याई बिकास भन्ने बिनु बहादुर तिमल्सिना र प्रकाश बस्नेतको जिम्मा लगाईदिनेगरेको । – निजहरुले प्रलोभनमा पारी ल्यार्ईएका व्यक्तिहरुलाई कामको लागि भनी स्वास्थ्य परिक्षण गरी ब्लड ग्रुप पत्ता लगाउने गरेको । – यसै क्रममा मिति २०७३ साल श्रावण महिनामा रोजगारीको सिलसिलामा जिल्ला गोरखा, मुचो गा.वि.स. वडा नं. ९ स्थायी घर भई रोजगारीको लागी  पोखरामा बस्दै आएको बर्ष १९ को दिपक नेपालीलाई राम्रो जागिर लगाईदिने बहानामा अन्य दुई जनाले काठमाण्डौ, गौशालामा ल्याई विकास भन्ने बिनु बहादुर तिमल्सिना संग भेट गराएको। – उक्त भेट पश्चात निज बिकास भन्ने बिनु बहादुर तिमल्सिनाले पिडित दिपक नेपालीलाई भारत लगी बेहोश बनाई अस्पताल पुर्याई मृगौला झिकेको। सो पश्वात बिरामी होशमा आउदा तिमिलाइ गुण्डाले चक्कु हानेकोले उपचार गर्न ल्याएको भनी बताएको र पिडितको घाउ ठिक भए पश्वात नेपाल पठाएको। – पिडित दिपक नेपाली घर फर्के पश्चात काम गर्न जाँदा बिरामी भई चितवन मेडिकल कलेजमा चेकजाँच गराउदा किड्नी झिकेको थाहा भएको। – हालसम्म निजहरु मिलि ५ जना भन्दा बढिको मृगौला झिकेको अनुसनधान बाट बुझिन आएको । – निजहरु मध्ये अन्य दुई जनाको खोज तलास जारिरहेको ।

प्रतिक्रिया

सम्बन्धित