हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन अपिल

Mousam-1.2022-11-07-06-11-51

काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो । महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

 

 

न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित