सूर्यविनायकबाट भन्सार छलि ल्याएको २ गाडीसहित ओझा पक्राउ

ojha

भक्तपुर । भन्सार छलि चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधनसहित भक्तपुरबाट एकजना पक्राउ परेका छन् ।

उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका—९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका–८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बरामद सवारी साधन सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित