देशभर थप १० जनामा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा गत २४ घन्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १३३९ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७३१ र एन्टिजेनबाट ६०८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५४६ पुगेको छ।

नेपालमा गत २४ घन्टामा देशभर कसैले पनि कोरोनाविरूद्धको खोप लगाएको तथ्यांक नदेखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित