भिजिट भिषा लगाएर अलपत्र पार्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

jumpकाठमाडौं  । ठगीमा संलग्न भएको आरोपमा महानगरिय अपराध महाशाखाले  जम्प टु जम्प कन्सलटेन्सीका सञ्चालक गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई पक्राउ गरेको छ ।

शिवाकोटीले अछामका   नवराज साउद लगायत अन्य ३ जना व्यक्तिहरुलाई रोजगारीको लागि चाईनाको कपडा कम्पनीमा कपडा प्याकिङ गर्ने काममा आकर्षक तलब छ,जाने भए पठाईदिन्छु भनि प्रलोभनमा पारी प्रति व्यक्ति चार देखि पाँच लाख  उठाएर अलपत्र पारेको भन्दै उजुरी परेको थियो ।

 शिवाकोटीले   साउदबाट ९ लाख ८ हजार , जिल्ला भोजपुरका राजु भारती,  मोरङका अर्जुन गिरी र धादिङका सन्तोष ढकाल समेत ३ जनाबाट  १४ लाख ६० हजार र अलपत्र परेका ३ जना पिडित नेपाल आउन लाग्ने हवाई टिकट तीन लाख ५० हजार समेत गरी जम्मा  सत्ताईस लाख १८ अठार हजार रुपैया  उठाएर सबैलाई जाने बेलामा भिजिट भिषा भएता पनि त्यहा पुगेपछि वर्किङ भिषा लगाईदिन्छु भनि ३ महिने भिजिट भिषा लगाई चाईना पठाएको खुलेको छ ।

 सोमबार सिनामंगलबाट पक्राउ परेका उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

 प्रहरीको अनुसन्धानका क्रममा जम्प टु जम्प कन्सलटेन्सी दर्ता समेत नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गरेको देखिन आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित