निर्वाचनको विरोधमा प्रचारप्रसार गरिरहेका नेकपा विप्लव–बहुमतका नेता पक्राउ

Dodhara_nekapa_arrest-e1668262700900
काठमाडौं ।
मंसिर ४मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको विरोधमा प्रचारप्रसार गरिरहेका नेकपा विप्लव–बहुमतका नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ बाबाथानमा चुनाव प्रचारप्रसार गरिरहेका नेकपा बहुमत–बैद्य समूहका नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दीपेन्द्रसिंह ऐरीले शान्तिपूर्ण चुनाव विरोधको प्रचारप्रचारका क्रममा प्रहरीले पक्राउ गरेको बताए। उनका अनुसार नेकपा बहुमत युवा संगठन सदस्य सुरज मल्ल र नेकपा बैद्यका केन्द्रीय सदस्य हरि सुवेदीसहितका ६ जना नेता-कार्यकर्ता पक्राउ गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले चुनावविरोधी गतिविधि गरिरहेका नेकपा बैद्य–बहुमतका नेता-कार्यकर्ता पक्राउ गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित