आजको मौसम: पहाडी क्षेत्रमा बदली हुँदा केही स्थानमा हल्का वर्षाको सम्भावना

mausam_fani

काठमाडौं । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको  आकलन गरिएको छ ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 

प्रतिक्रिया

सम्बन्धित