नेपालीले तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको टुथब्रसले दाँत माझे

Custom office
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस ९टुथब्रस० आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मुल्य बराबरको टुथब्रस आयात गरेको हो । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस बिभिन्न देशबाट नेपाल भित्रिएको छ ।

नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ । नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।

न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित