पूर्व राजाका विश्वासपात्र यसरी एक्लिए
दहितको निरंकुश शैलीको विरोध गर्दै अर्की सांसद गंगा चौधरीले पार्टी विभाजन गरेकी हुन् । लामो समयसम्म दहित र पार्टी अध्यक्ष भानुराम चौधरीको अपमान सहदै आएकी गंगाले उनीहरूसँग बदला लिएकी छिन् । अब उनले आफू अनुकुल थारु समुदायको हकहितका लागि काम गर्न पाउने भएकी छिन् ।
मधेसी दलहरूको पछाडि लागेर थारु समुदायको हकहितमा काम गर्न नसकेका दहित र भानुराम चौधरीले मुलुकमा नाकाबन्दी लगाउन ठूलो भूमिका खेलेका थिए । मधेसी दलहरूको पछि लाग्नु हुँदैन भन्दा दहित र चौधरीले गंगालाई अपमानित हुने गरेर अपशब्द प्रयोग गर्ने गरेको स्रोतको भनाइ छ । थारु समुदायको आन्दोलनलाई तुहाएको आरोप गोपाल र भानुराममाथि छ ।
थारु कल्याणकारिणी सभालाई पनि यी दुईले ठूलो नोक्सानी पु¥याएका छन् । अहिले पनि गोपाल र भानुराम निर्मल निवासमा पुगेर रिपोर्टिङ गर्ने गरेको आरोप छ । उनीहरूले अहिले पनि निर्मल निवासबाट गोपाल र भानुरामले आर्थिक लाभ लिंदै आएका छन्,यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । ।
प्रतिक्रिया