गोरखामा अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण

Abdush attack
गोरखा ।
गोरखा २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ। आइतबार राति ११ ०० बजे पालुङटार नगरपालिका(७ स्थित अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट खाना खाइरहेका बेला एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो। आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ। खाइरहेको खाना छरिएको छ। घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए। काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।

आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित