सुनको मूल्य एक सयले घट्यो

Gold
काठमाडौँ ।
सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेर आज छापावाला सुन ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ९५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित