८ अर्ब भन्दा बढी ठगी गरेर फरार सुधीर बस्नेत धापासीबाट पक्राउ

sudhirbaकाठमाडौं ।  लामो समयदेखी भारतमा लुकेर बस्दै आएका हाउजिङ  व्यवसायी सुधीर बस्नेत धापासीबाट पक्राउ परेका छन् ।    १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेतलाई अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले  पक्राउ गरेको हो ।

 ओरियन्टल सहकारी तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको ८ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

 बस्नेतविरुद्ध सहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए भने सरकारले दुइ वर्षअघि गठन गरेको आवास छानविन आयोगमा पनि १०० बढी उजुरी परेको थियो । सर्वोच्च अदालतले यी सबै उजुरीका आधारमा पूपक्षमा राख्न आदेश दिएको थियो ।

 सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, तत्कालिन किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बिीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपालइन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ कर्जा लगानी भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित