सुरज आर्केडमा लागेको आगो नियन्त्रणमा आउन सकेन

aaglagiकाठमाडौं : काठमाडौंको मखन गल्लीस्थित सुरज आर्केडमा आगलागी भएको छ । सारी पसलबाट शुरु भएको आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको भएपनि अझै नियन्त्रणमा आउन सकेको थिएन । प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ । अग्नि नियन्त्रकलाई स्थानीयले समेत सघाइरहेका छन् । मखनस्थित सुरज आर्केड आगलागी भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको हो । दिउँसो १ बजेतिर लागेको आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित