प्रदेश १ मा ओली, आज तीन चुनावीसभालाई सम्बोधन गर्दै

Oli_Bhasan

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का जिल्लाहरूमा जाने भएका छन् ।

निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश १ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने छन् । एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ः०० बजे सुनसरीको दोहोबी, दिउँसो २ः०० बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै अध्यक्ष ओलीले आज साँझ ६ः०० बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने स्थायी कमिटी सदस्य बरालले जानकारी दिए । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जाने छन् । यस्तै, अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मङ्सिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित