भक्तपुरमा आगलागीमा परि युवतीको मृत्यु, किशोरी घाइते

0D30E9CA-A306-44B9-B0CC-54C7E1E0484D

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ युवतीको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेका अनुसार आगलागीमा परि ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको हो । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित