उपत्यकाका तीन सिडिओको संयुक्त बैठक, निर्वाचनलक्षित गरिए यी निर्णय

CDO_KTM
काठमाडौं –
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे तीनै सिडिओको बैठक बसेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । ‘यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइनेछ’, उपाध्यायले भने ।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताए । ‘मतगणना स्थल वरपर चाहिँ गणना नसकिएसम्म रोक लगाउने निर्णय छ’, उनले थपे ।

उपाध्यायका अनुसार निर्वाचनका बेला तीनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरुले प्रदेशान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगत गर्ने पनि निर्णय भएको उपाध्यायले जनाए ।

प्रतिक्रिया

सम्बन्धित