ट्यांकर चालकमाथि गोली प्रहार गरी लुटपाट

goli-praharकाठमाडौं : भारतको बरोनीबाट पोखराका लागि इन्धन लिएर आउँदै गरेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई अज्ञात दुई जनाले गोली प्रहार गरेका छन् । भारतको रक्सौलमा गोली प्रहार गरी उनीहरुले ट्यांकर चालसँग भएको भारु चार हजार पाँच सय लुटेर लगेका छन् । सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले अमलेखगन्ज–४ बस्ने ट्यांकर चालक तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले जानकारी दिए । चालकको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित