काठमाडौं–१ मा एमाले उम्मेदवार पाैडेललाई राप्रपा नेपालकाे समर्थन

kathmandu-1

काठमाडौँ । राप्रपा नेपालले काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् ।

काठमाडौँ १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए ।

घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुङ्गाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निष्क्रिय पारिएको छ ।

उनीहरूको उम्मेदवारी निष्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरू अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित