चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न प्राधिकरणको आग्रह

CAAN
काठमाडौं –
नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा टिकट बिक्री वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हुन् ।

उनले वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति प्राप्त नगरी चार्टर उडानको नाममा टिकट विक्री वितरण भइरहेको बताएका छन् । उडान गर्नुभन्दा पहिला प्राधिकरणबाट अनुमति प्राप्त गरेपछि मात्र टिकट बिक्री वितरण गर्न उनले आग्रह गरेका छन् ।

CAAN bigyapti

प्रतिक्रिया

सम्बन्धित