अन्डरवल्ड डन बब्लु दुबेका सहयोगी पटेल पक्राउ

patelपर्सा । प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह) का बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् ।लुकिछिपी बस्दै आएका  पटेल भारतको रक्सौलबाट पक्राउ परेका छन् ।

 पटेललाई भारतीय प्रहरीले पक्राउ गरी मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडालाई जिम्मा लगाएको छ  । तराइका वारा,पर्सा,हेटौंडालगायतका जिल्लामा हुँदै आएका अपहरण र  फिरौतीमा मुछिदै आएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय बारा पठाएर थप अनुसन्धान गरिरहेको छ ।

 २०६६ बैशाख १७ मा कलैया १० निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा उनी संलग्न रहेको प्रहरीको मुद्दा अभिलेखमा उल्लेख छ । नेरामावि फेटाबाट बिहानीको कक्षा लिएर घर फर्किँदै गर्दा तिम्लिसेनाको फेट-१ स्थित सडकमा गोली हानी हत्या गरिएको थियो ।  पटेलमाथि जबरजस्ती चन्दा असुली, धम्कीलगायतको मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार उक्त हत्यामा बारा–पर्साका सैन्य कमाण्डर अग्नी भनिने सुनिल जैसवालसमेत संलग्न रहेकोमा उनी सर्वस्व कैद सजायअन्तर्गत जेल जीवन बिताइरहेका छन् ।

 सुनिललाई समेत भारतको आदापुरबाट नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका तत्कालीन प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले पटना प्रहरीको सहयोगमा पक्राउ गरेका थिए ।

 तिमल्सिनाको हत्याबाहेक २०६६ पुस २२ मा गंजभवानीपुरमा चार माओवादी कार्यकर्ताको हत्या गरी भारतमा बस्दै आएका थिए । पटेल र जैसवाल अन्डरवल्ड डन बब्लु दुबेका सहयोगी समेत हुन ।  भारतमा  तीस भन्दा बढी हत्या अभियोगमा फरार रहेका बब्लु दुबेलाई पनि सर्वेन्द्र खनालले काठमाडौंको सितापाइलाबाट पक्राउ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित