जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Rape

भक्तपुर ।
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ब्यक्ती पक्राउ परेका छन् । २७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई २०७९ मंसिर १ गते बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित