एनसेलले दैनिक ५० लाख गाहकको बिलिङमा हिनामिना गरी यसरी ठग्छ

[caption id="attachment_24159" align="alignleft" width="300"]फाइल तस्बिर फाइल तस्बिर[/caption]

काठमाडौं  । धरैजसो उपभोक्ताहरु मोबाइलमा भएको ब्यालेन्स र त्यसको खपतबारे धेरै सचेत हुँदैनन् । उनीहरुलाई आफूले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक कम्पनीमाथि विश्वास हुन्छ । आफ्नो ब्यालेन्स कति थियो र फोन गरेपछि कति पैसा काट्यो भनेर ख्याल गर्ने मानिस कम हुन्छन् । त्यसमाथि पनि ‘एनसेलले कहाँ ठग्ला र ?’ भन्ने सोच राख्नेहरु धेरै हुन्छन् । किनभने अर्बौको व्यापार गर्ने कम्पनीले एक–दुई रुपैयाँमा र्याल चुहाउँदैन भन्ने आम बुझाई हुन्छ । तर ठगीको गणित आम मानिसको भावना भन्दा फरक हुन्छ । एक ग्राहक ठगीदा एक पल्टमा एक रुपैयाँ घाटा लाग्छ । तर एनसेलले एकपल्टमा ५० लाख ग्राहक ठग्न सक्छ । ५० लाख ग्राहकबाट दुई रुपैयाँ मात्रै ठग्ने हो भने पनि दिनकै एक करोड रुपैयाँ हुन्छ । नेट चलाउने डाटामा त बेहिसाब ठगी हुन्छ भन्ने गरिन्छ । आमरुपमा कतिपयले ‘एनसेलले बढी पैसा काट्यो, एनसेल महंगो छ‘। ’ भन्ने जस्ता गुनासो नगरेका पनि होइनन् । सामाजिक सञ्जालमा ‘एनसेल ठग्नकै लागि’ भन्नेजस्ता ट्रोल पनि धेरै बने । फेसबुकमा ‘एनसेल ठग्नकै लागि’ भन्ने पेज लोकप्रिय भएपछि एनसेलले उजुरी गरेर हटायो ।करिब १ करोड ४० लाख ग्राहक रहेको निजी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको स्रोतको दावी छ । त्यसबाट दैनिक करोडौं रुपैयाँ ठग्ने गरेको छ । ग्राहकहरु दैनिक रुपमा आफू ठगिएको गुनासो लिएर एनसेलको कार्यालय धाउने गरेका छन् । ५० लाख ग्राहकलाई दैनिक दुई रुपैयाँ ठग्दा १ करोड रुपैयाँ त ठगीबाटै आउँछ । दुई रुपैयाँ ठगिएको धेरैजसाले चाल पाउँदैनन् । पाउनेहरु पनि ‘कन्फ्यूज’ हुन्छन् । ठगिएको निश्चित हो भन्ने थाहा पाएकाहरुसँग पनि २ रुपैयाँको हिसाब माग्न एनसेल कार्यालय जाने फुर्सद हुँदैन ।

कर छल्ने गरेकोे अर्को तरिका

एनसेलका सिममा एक्जियटा नेटवर्कभित्रबाट मात्रै कल आउँदैन । अमेरिका, अस्ट्रेलिया, युरोपलगायत विश्वभरका विभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीबाट कल हुन्छ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइलमा कल आउँदा ति विदेशी कम्पनीले एनसेललाई निश्चित रकम बुझाउँछन् ।

त्यो रकम कसले कति बुझाए रु भन्ने एकीन विवरण राख्ने नेपालमा प्रविधि नै छैन । यस्तो हिसाब राख्नु पर्ने दायित्व दूरसञ्चार प्राधिकरणको हो । उसँग पनि कुनै प्रविधि छैन । यस विषयमा दूरसञ्चार, आन्तरिक राजश्व विभाग, राजश्व अनुशन्धान विभाग आदिको ध्यान तानिनु पर्ने हो । तर यी निकाय निकम्मा सरह भएका छन् एनसेलको मामिलामा । आफूसँग ठोक्किने सरकारी निकायलाई प्रभावमा राखेर एनसेलले करोडौं राजश्व छली गरेको स्रोतको दाबी छ ।कर छलीबाट प्राप्त भएको ठूलो हिस्सा एनसेलले आफ्नो मातृ संस्था एक्जियटामा पठाउने गरेको छ । अत्यन्त सानो हिस्सा भने सरकारलाई करका रुपमा बुझाउने गर्दछ ।-नेपाल आज अनलाइनबाट -

प्रतिक्रिया

सम्बन्धित