एमबीबीएस प्रवेश परीक्षा आठ लाखमा पास, प्रहरीले छानविन गर्ने

[caption id="attachment_24610" align="alignleft" width="500"]फाइल तस्बिर फाइल तस्बिर[/caption]

काठमाडौं। नोबेल मेडिकल कलेजले नेपाली विद्यार्थीसँग रु ५ लाख र भारतीयसँग रु ८ लाख लिएर काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्रतर्फको प्रवेश परीक्षा पास गराएको खुलेको छ । विराटनगरको नोबेल मेडिकल कलेजका एजेन्ट निरञ्जन कुमारले केयूको एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षामा बसेका ३५ जना विद्यार्थीलाई ‘लिक’ गरिएको प्रश्नपत्र हेरेर ९८१९३९११६१ नम्बरको मोबाइलबाट ह्वाट्स एपमार्फत उत्तर पठाए । विद्यार्थीलाई मोबाइल फोनसहित परीक्षा हलमा पठाइएको थियो । नोबेलमा सेन्टर तोकिएको ३० मंसीरको प्रवेश परीक्षामा विराट मेडिकल कलेजका पनि ४२ विद्यार्थी सहभागी थिए । एमबीबीएस र बीडीएसको लागि १७ असोजमा केयूले लिएको प्रवेश परीक्षामा फेल भएका विद्यार्थीहरु सामेल दोस्रो परीक्षामा पास गराउने ग्यारेन्टी लिएका कुमारले पैसा बुझेका नोबेलका विद्यार्थीलाई उत्तर पठाएका थिए ।

यी हुन् निरञ्जन कुमार आफूलाई नोबेल मेडिकल कलेजको अन्तर्राष्ट्रिय निर्देशकको रुपमा चिनाउने भारतीय नागरिक निरञ्जन कुमार मेडिकल शिक्षाका विद्यार्थीलाई चिट चोराउनदेखि प्रश्नपत्र लिक गराउनेसम्मको काममा संलग्न छन् । सुनौली नाकाबाट २५ किलोमिटर दक्षिणका उनी भारतीय जनता पार्टी ९बिजेपी० का सक्रिय कार्यकर्ता रहँदा ज्यान मुद्दा लागेपछि आठ वर्षअघि भागेर विराटनगर आएका हुन् । पहिले विराट मेडिकल कलेजमा काम गरेका कुमार भारतबाट खडेबाबा (नक्कली फ्याकल्टी) ल्याउने काम गर्छन् । भारतीय नम्बर प्लेटको गाडीमा हिंडने उनले अहिले विराटनगरमा घर किनेका छन् । निरञ्जनले प्रति नेपाली विद्यार्थीबाट रु ५ लाख र भारतीयबाट भारु ५ लाख (रु ८ लाख) बुझेका थिए । नभन्दै, ‘टप फाइभ’ नभन्दै, ‘टप फाइभ’ सहित नोबेलका अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । ३०२ विदेशीसहित १ हजार १७३ विद्यार्थीका लागि केयूले तोकेको तीन वटा परीक्षा केन्द्रमध्येको एक नोबेलमा ११५ विद्यार्थी सहभागी थिए । परीक्षामा सहभागी कुल १ हजार १७३ मध्ये ४९० जना पास भए ।  ४९ जना अनुपस्थित थिए ।

अनि पोल खुल्यो निरञ्जन कुमारले ९८१९३९११६१ नम्बरबाट नोबेलका लागि पुनेका समिर झामार्फत भारतीय विद्यार्थी ल्याएका दिनेश शाहलाई समेत उत्तर पठाएका थिए ।

उत्तर हलभित्र बसेका विद्यार्थी र बाहिरका शाहले दिउँसो साढे दुईबजे एकै समयमा पाएका थिए, जुन भारतीय एजेन्ट झाले मात्र पाएनन् । त्यस विषयमा कुमारसँग चर्काचर्की गरेका झाले मिडियामा कुरा चुहाइदिए ।केयूका तर्फबाट निरीक्षण गरेका डा. दिल स्लाम मन्सुर र युवराज राना मगरले परीक्षार्थीलाई चिट चोर्न सहज वातावरण बनाइदिएका थिए ।१ पुसमा विभिन्न सञ्चारमाध्यमबाट भारतीय एजेन्टहरूको संलग्नतामा ह्वाट्स एपमार्फत प्रश्नपत्र लिक भएको सार्वजनिक भएपछि केयूको डीन कार्यालयले आफैं छानबीन नगरी ३ पुसमा काभ्रे प्रहरीलाई पत्र पठायो ।त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा यसलाई केयूको गैर–जिम्मेवारी ठान्छन् । उता काभ्रे जिल्ला प्रहरी प्रमुख उपरीक्षक सहकुल थापा भन्छन्, “यो साइबर क्राइम सम्बन्धी विषय भएकाले प्रहरी प्रधान कार्यालयलाई लेखि पठाएका छौं ।”हिमाल खवर पत्रिकावाट साभार

प्रतिक्रिया

सम्बन्धित