काठमाडौँ–४ मा कांग्रेसका थापा फराकिलो अन्तरले विजयी
काठमाडौँ –
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौँ-४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यस पटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै काँग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी काँग्रेस महामन्त्री छन्
प्रतिक्रिया