मतगणनाको क्रममा अग्रता लिइरहेका बेला डा. तोसिमाले सम्झिइन् स्वर्गीय उज्जवल थापा

Toshima_Ujjwal
ललितपुर ।  ललितपुर–३ को प्रतिनिधिसभा सदस्यमा अग्रता लिइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले स्वर्गीय उज्ज्वल थापालाई सम्झिएकी छिन् । मतगणनाको क्रममा अग्रता लिइरहेका बेला तोसिमाले थापालाई सम्झिँदै वैकल्पिक शक्तिको रुपमा अहिलेको परिवर्तनको मुख्य हकवाला उज्जवल थापा रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘

आजको परिवर्तनको बाढी कस्ले ल्यायो भनेर धेरैको तर्क हुनसक्छ ?

यिनले बालेको आगोको सानो झिल्को आज बालेन, हर्कहरु स्वतन्त्र हुँदै सामुहिक डढेलो बनेर राजनीतिको फोहर जलाईदैछ । स्वतन्त्र र वैकल्पिक नयाँ पार्टीको पक्षमा प्रारम्भिक मतपरिणाम आउँदै गर्दा, आज सबैभन्दा धेरै कोहि खुसी छन भने सायद यिनै होलान ।

मिठो सम्झना तिमीलाई दाजु उज्वल थापा।‘

पछिल्लो मतगणनाअनुसार ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा। कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ७१० मत ल्याएका छन् । डा। कार्की १ हजार ५५९ मतले अगाडि रहेकी छिन् ।

त्यस्तै गठबन्धनकी उम्मेदवार पम्फा भुषालले २ हजार ६९४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित