चेतन ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

chetan-ayadi-hattya-bajura
काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिए ।

मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले बताए । अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको हो । उनको शव अहिले अस्पतालमा छ । हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने एमालेका नेता थापाले बताए ।

निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका नम्बर–७ बस्ने २६ वर्षीय सन्दिप ऐडी पनि शव उठाइएको छैन् । सन्दिपको शव घटनास्थलमा नै रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित