काठमाडौँ–६ (२)मा एमालेका मास्के र काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी

CPN-UML-Nepal-1024x576-1

काठमाडौँ ।

काठमाडौँ ७ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो ।यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित