जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Rape

भक्तपुर  ।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित