माओवादी केन्द्रको तेस्रो जित, बाग्लुङबाट देवेन्द्र पौडेल निर्वाचित

Debendra-Poudel
बागलुङ।
बागलुङ क्षेत्र नम्बर—२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।

२०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।पौडेल यस निर्वाचनमा प्रतिनिधिसभामा विजयी हुने माओवादी केन्द्रका तेस्रा उम्मेदवार हुन् । यसअघि माओवादी केन्द्रले सिन्धुली र रुकुमपूर्वबाट जित हात पारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित