कालोमासो दलेर आक्रमण गर्नेहरुलाई छाड्न लोकमानको अपिल

[caption id="attachment_24588" align="alignleft" width="401"]तस्बिर: डिल्ली आचार्यको फेसबुकबाट तस्बिर: डिल्ली आचार्यको फेसबुकबाट[/caption]

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले आफु माथि सर्वोच्च अदालतभित्रै कालोमासो  दलेर आक्रमण गर्नेहरुलाई छाड्न अपिल गरेका छन्  ।   उनले  आफ्नो फेसबुक पेजमार्फत 'हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु' भन्दै उनीहरुलाई छाड्न प्रहरी समक्ष अपिल गरेका हुन  ।

 उनले भनेका छन् - 'सम्मानित सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा अति सम्बेदनशिल मानिने कार्यकक्षभित्र पौष ७ गते म माथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी मैले पाएको छु ।

 सुरक्षा कर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको म सराहना गर्दछु । तर हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु ।

 वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु ।'

यसैबीच,   नेत्र विक्रम चन्द निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पनि लोकमानलाई कालो मोसो दलेको स्वीकार्दै उक्त घटनामा पक्राउ परेका विद्यार्थी नेतालाई रिहाइ गर्नु पर्ने माग गरेको छ । संगठन अध्यक्ष पूर्ण बहादुर सिंहले विज्ञप्ति जारी गर्दै उक्त ‘कारवाही’मा संग्लग्न विद्यार्थी नेता प्रकाश शाही र चन्द्र बहादुर बुढालाई तुरन्तै रिहाई गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित