सर्वोच्च अदालतभित्रै लोकमान सिंह कार्कीलाई कालोमासो

lokmanकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमासो दलिएको छ । लोकमानको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो ।रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।

पेशीका लागि अपराह्न अदालत पुगेका लोकमानलाई बाहिरिने क्रममा  एक व्यक्तिले आक्रमण गरेका हुन् । कार्कीलाई कालोमासो पनि दलिएको छ । कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित