देशको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

Deuwa2022-12-08-02-12-32
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, "मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको भूमिका महत्वपूण छ । यस समुदायको योगदानलाई सबैसमक्ष उजागर गर्न, संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित