जनजागरण महायज्ञको तयारी पुरा

mahayagपोखरा ।  सबै धर्म वीच एकता, हामी सवैले वुझौ प्राविधिक शिक्षाको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै कास्की लाहाचोक–५ स्थित जनजागरण आधारभूत सामुदायिक विद्यालयमा हुन लागेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ।

पुष ७ गते देखि १४ गते सम्म आयोजना हुने महायज्ञमा वाचन प्रविण पं दीनवन्धु पोखरेलले संगितमय प्रवचन दिनेछन् भने १०१ टेक्निकल कलेज एवम् एक प्रदेश एक टेक्निकल विश्वविद्यालयका संकल्पकर्ता युवा दार्शनिक कथा वाचक धुर्वशरण वस्यालले दार्शनिक प्रवचन दिने उक्त महायज्ञको प्रचार प्रसार समितिका संयोजक यदुनाथ वञ्जाराले वताए।

राष्ट्र निर्माणमा धार्मिक महोत्सवको भूमिका महत्वपूर्ण हुदै आएको सन्दर्भमा जनजागरण आधारभूत विद्यालयले स्थानिय स्तरमै प्राविधिक शिक्षालय संचालन गरेर अदक्ष युवालाई दक्ष वनाएर स्वदेशमै परिचालन गर्ने उद्देश्य अनुरुप सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालयका प्र.अ. तथा महायज्ञ मूल समारोह समितिका महासचिव निशा सुनुवारले वताइन्। महायज्ञ संचालन गर्न विभिन्न उपसमितिहरु गठन गरेर विभिन्न जिम्मेवारी प्रदान गरेर कार्य सम्पादन गरिएको मूल आयोजक समितिका अध्यक्ष गंगा वहादुर सुनारले वताए।महायज्ञको औपचारिक उद्घाटन पुष ७ गते हुनेछ। दैनिक नित्य पूजा सालिग्राम परिक्रममा, राष्ट्र निर्माण एवम् प्राविधिक शिक्षाको महत्व वारे प्रवचन दिएर युवा जगतलाई सुसंस्कृत वनाउने गरि आध्यात्मिक चिन्तन प्रवाह गरिने सहवाचक धुव्रशरण वस्याले वताए।प्राकृतिकरुपले सम्पन्न कास्कीको उत्तरी गाउँ लाहाचोकको सुन्दर वस्तीको केन्द्रमागमा आयोजना हुने महायज्ञमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी विकास प्रेमिलाई हार्दिक आव्हान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित