कास्की प्रशासनको सकृयतापछि सडक महोत्सव अब पेटी महोत्सव

 यदुनाथ बञ्जारा rebanpoकास्की।रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवान पोखराले विगत १७ वर्ष देखि गर्दै आएको सडक महोत्सव यस वर्ष फुटपाथमा सिमित हुने भएको छ। सडकमै रेष्टुरेण्टका टेण्ट गाडेर सडकमै भट्टी चलाउने उद्घोष गरेका मेलाको आयोजक रेवानका पदाधिकारीहरुलाई स्थानिय प्रशासनले कार्यालयमै वोलाएर महोत्सवका नाममा सडक अवरोध नगर्न चेतावनी दिएपछि आयोजक संस्था रेवान मेला सडकबाट फुट पाथमा सार्न वाध्य भएको छ। सडक महोत्सवका नाममा पुष १३ देखि १७ गतेसम्म ५ दिन ४ रात पुरै सडक कव्जा गरेर मदिराका तुल व्यानर सर्वत्र झुण्डाएर लेकसाइड लाई मदिरामय वनाउदै आएको रेवान यस वर्ष पछि हट्न वाध्य भएको छ। हल्लन चोक देखि शहीद चोक सम्मको साढे तिन किमी सडक लाई आफ्नो व्यवसायिक स्वार्थमा प्रयोग गर्दै विभिन्न रक्सीको सिण्डिकेट व्यापार गर्न हजारौं नागरिकलाई सडक प्रयोग गर्नवाट वञ्चित गराएर सास्ती दिदै आएको रेवानको एकलौटी दवदवा राज्यको निकायको निगरानी र सकृयताका कारण कमजोर वन्न पुगेको हो। कार्तिकको अन्तिम साता आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक संस्था रेवानले सडकमै खाने पिउने रमाउने गरि मेलालाई भव्य वनाउने वताएको थियो।

 पर्यटन प्रवद्र्धनका नाममा ५ दिन सम्म मूल सडकमै जात्रा देखाएर नागरिकलाई सास्ती दिन थालिएको सम्बन्धमा युनाईटेड, सराङकोट लगायतका केही मिडियाले खवरदारी गर्दै राज्यको निकायको ध्यानाकर्षण गराएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले आयोजकलाई कार्यालयमै वोलाएर सार्वजनिक सडकमा कुनै अवरोध नगर्न निर्देशन दिएका छन्। प्रजिअ. मैनालीले भने सडकमा कुनै अवरोध नहुने सवारी आवगमन सुचारु हुने वताए। राज्यले सार्वजनिक स्थानहरुमा विज्ञापन गर्न निषेध गरेका मद्यपान धुम्रपानका विज्ञापनमूलक संकेत वोर्ड, तुल व्यानर स्वागत गेट, क्रस रोड व्यानर हरु राख्न कास्की प्रशासनले निषेध गरेको छ। प्रजिअ हरि प्रसाद मैनाली ले रेवानका पदाधिकारीहरुलाई नै वोलाएर कानुन विपरित हुने कुनै पनि काम नगर्न निर्देशन दिएपछि अर्डर भइसकेका फ्लेक्स प्रिन्टहरु पनि छाप्न रोक लगाउन आयोजक वाध्य भएको छ। हरेक वर्ष हुने सडक महोत्सवमा रोयल स्टेग ह्वीस्की, टुवोर्ग र क्लसवर्ग वियरले सडक महोत्सवको प्रायोजन गर्दै आएको छ।

 हरेक पटकमा १६ लाख वढि रकम लगानी गराएर पोखराको सडक महोत्सवको अवसरमा स्पोन्सर वनेकाहरुको यो वर्ष विचल्ली हुने भएको छ। जताततै तुल व्यानर र स्वागत गेटमा मदिराको विज्ञापन गर्दै व्राण्डिङ गर्ने सोच उद्देश्य वोकेको रक्सी उत्पादकहरुको गैह्रकानुनी प्रचार प्रसार गर्न स्थानिय प्रशासनले रोक लगाएपछि पोखराको सुन्दरता माथिको हिलो छ्याप्ने काम रोकिने निश्चित भएको छ। सडकमा भट्टि उत्सव गर्न रोक लगाए पछि मेला फुटपाथमा गर्ने सोचमा रहेका आयोजकहरुलाई अव पोखरा उपमहनगरपालिका को नियमले कसरी कार्यान्वयन गर्न सक्छ भन्ने अर्को समस्या सिर्जना गराएको छ।

 ३ किमि लामो मुल सडकको फुटपाथ पाँच दिन सम्म अतिक्रमण गरेर रेष्टुरेण्ट चलाउने अनुमती पोखरा उपमहानगर पालिकाले दिने हो भने उसले चालेको फुटपाथ व्यापार निषेध रणनिति असफल वन्न सक्छ। सर्वसाधारण नागरिकले डोको र क्रेटमा तरकारी फलफूल विक्री गर्न पेटीमा उभिएका निम्न वर्गका व्यापारीहरु को डोको नाङ्लो खोसेर दण्ड जरिवाना तिराउने नगरपालिका प्रशासनले लेकसाइडको मुख्यवजारको फुट ट्रयाक ५ दिन सम्म अतिक्रमण गरेर व्यापार गर्न स्वीकृती देला ? त्यसो गरेमा पनि चरम भेदभाव हुन आउँछ। यस विषयमा पोखरा उमनपाका भन्छन्।

 पर्यटकीय नगरी पोखरामा विभिन्न मेला महोत्सव हुन्छ त्यो आवश्यक पनि छ तर सडक महोत्सवले जस्तो आम नागरिकलाई कुनै वाधा नपर्ने गरि हुदै आएका छन्। सिटी रेवानले रंगशालामा फुट फेस्टिवल गर्दै आएको छ धने हानले नेपाली नयाँ वर्ष वसुन्धरा पार्कमा गर्ने गरेको छ। यस्तै रेवानले पनि वाटोमा ५ दिन लामो मेला गर्नु राम्रो नहुने कास्कीका प्रमुख जिल्ला अधिकारीले वताइसकेका छन्। उनले मेला महोत्सव सडकमा गरेर आम सर्वसाधारणलाई दुख दिन छोडेर मेला महोत्सवलाई खुल्ला चौरमा गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित