स्मार्टद्वारा लाइसेन्सको दुरुपयोग, अर्बौ ठग्ने तयारी

smart-telecomकाठमाडौं । २०७० सालमा नेपालमा दुरसञ्चार सेवा सञ्चालन गर्न एकीकृत लाइसेन्स पाएका स्मार्ट टेलिकम(स्मार्ट) र युनाइटेड टेलिकम लि(युटिएल)ले तीन वर्ष वित्नलाग्दा समेत आफ्नो क्षमता विस्तार गर्न सकेका छैनन् । स्मार्टले चितवन,पोखरा, नेपालगञ्ज, विरगञ्ज र काठमाडौंमा सेवा सञ्चालन गरेको भने पनि पूर्वाधारमा लगानी नगरेका कारणले प्रयाप्त मात्रमा सेवा सुचारु हुन सकेको छैन् ।

 स्मार्टले भने २४ जिल्लामा आफ्नो पहुँच विस्तार भएको दावी गर्दै आएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टको क्षमता कति हो भन्ने एकिन तथ्याङ्क आर्थिक वर्ष २०७१/२०७२ देखि पेश नगरेको बताएको छ । स्मार्टले आर्थिक वर्ष स्मार्टले २०७१/२०७२मा प्राधिकरणमा पेश गरेको उसको पूर्वाधारको तथ्याङ्कमा ११ वटा टु जी र थ्री जी र ७ सय ५० वटा भिस्याट टावरमा लगानी गरेको देखाएको छ ।

 स्मार्टले नेपालमा टेलिकम सेवामा आफ्ना लगानी नगरि नेपालको महत्वपूर्व व्याण्ड ओगटने र अन्य व्यापारीलाई लगानी गर्न लगाउने खेलमा लागेकाले पूर्वाधारमा लगानी नगरेको स्रोतले बताएको छ । हाल स्मार्टले १ सय ५० वटामात्र टावरको निर्माण कार्य थालेको भएपनि १ सय वटामा सम्पन्न गरेको  छ ।  नेपालमा टेलिकम सञ्चालनको अनुमति पाएको पाँच वर्ष पुग्दा  बजारलाई आफूसँग भएको एकीकृत लाइसेन्सका आधारमा अन्तराष्ट्रिय र आन्तरिक बजारबाट ठूलोमात्रामा रकम मात्र संकलन गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार काजकस्तानको एक कम्पनीलाई यहि लाइसेन्स देखाएर ५० प्रतिशत शेयर राख्न अनुरोध गरिरहेको छ ।

 काजकस्तानी व्यापारीबाट लिने भनेको उक्त लगानी स्र्माटको पूर्वाधारमा गरिने भनिएपनि उक्त रकम स्मार्टले अन्य व्यापारमा लगाउने योजना बनाएको स्रोतले बताएको छ । काजकस्तानका व्यापारीले स्मार्टको पूर्वाधारमा लगाउने ग्यारेण्टी नगरि उक्त लगानी नगर्ने बताएको स्रोतले बताएको छ । स्मार्टका सञ्चालकले चाइना एक्स्पोर्ट एण्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेसनसँग धेरै पटक भेट गरि बीमा पोलिस लिन बारम्बार ताकेता गरेपनि कर्पोरेसनले सहमति दिएको छैन । टेलिकमका विभिन्न सामान खरिद गर्न बीमा आवश्यक भएकाले बीमा अनिवार्य गर्न पर्ने हुन्छ । बीमा नगरि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रतितपत्र(एलसी) ओल्न पाउदैनन् ।

 स्मार्टले नेपालमा भएको अनुमतिपत्रको दुरुपयोग गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थामा बजार मुल्य भन्दा महगो सामान खरिद गर्न एलसी ओल्ने गरेको छ र उक्त एलसीलाई देखाएर विदेशी लगानीकर्तालाई ठग्ने गरेको स्रोतले बताएको छ ।  स्मार्टमा सञ्चालकहरुको विवादका कारणले थप लगानी जुटाउन नसकेका कारण पूर्वाधारमा लगानी गर्न नसकेको स्रोतले बताएको छ । नेपाली लगानीकर्ता सतिसलाल आचार्यलाई क्रस होल्डिङ्ग गर्न नपाउने भएकाले स्मार्टबाट आफ्नो लगानी भिकेको हल्ला गरेपनि उनकै योजनामा विभिन्न अन्य कम्पनीसँग रकम उठाउने गरेको स्रोतले बताएको छ ।

  नेपालीहरुका रमक उठाने योजनामा मात्र रहेको स्मार्टको गतिविधिलाई नेपाल दूरसञ्चार प्राधिकरणले बेलैमा अनुसन्धान नगरे धेरै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु ठगिने सम्भाबना रहेको देखिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरु पनि यस्ता कम्पनीहरुबाट बेलैमा जोगिन सकेत सर्वसाधारणको लगानी डुब्ने थिएन ।

प्रतिक्रिया

सम्बन्धित