चितवनमा विपद व्यवस्थापन सम्बन्धी ६ करोडको परियोजना

bipचितवन । जिल्ला परियोजना परामर्श समिति बैठक मार्फत आरआरएन संस्थाको सुभारम्भ हुन लागेको विपद व्यवस्थापन सम्बन्धी डब्लुआइडीपी परियोजनाबारे समन्वयात्मक छलफल तथा सुझाव संकलन कार्यक्रम आज भरतपुरमा गरिएको छ । नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएनले सञ्चालन गर्न लागेको विपद व्यवस्थापन सम्बन्धी जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजनाका बारेमा आज जिल्लाका सरोकारवालाहरुलाई जानकारी गराइएको हो ।

जिल्लाको माडी नगरपालिका र लोथर गाविसमा सञ्चालन गरिने सो परियोजना ६ करोडको रहेको आरआरएन डब्लुआइडीपी परियोजनाका जिल्ला संयोजक रविन्द्र सिंहले जानकारी दिनुभयो । ३ बर्षको सो परियोजना स्वीकृत भएर आएको छ । परियोजना अन्र्तगत माडी नगरपालिकामा स्पर, तटबन्धन, बृक्षारोपण गर्ने र लोथरमा पहिरो प्रभावित क्षेत्रमा सुरक्षा पर्खाल निमार्ण , बृक्षारोपण, लगायत विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

यस्तै समुदायमा आधारित विपद व्यवस्थापन समितीको ससक्तिकरण लगायत भौतिक संरचना निमार्ण,  विद्यालय स्तरीय विपद जोखिम न्युनिकरण , स्थानीय विपद व्यस्थापन समितिको क्षमता अभिबृद्धि , भुकम्प प्रतिरोधी भवन आचारसंहित सम्बन्धी जानकारी रहेका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद भट्टले चितवन जल उत्पन्न प्रकोपले हिसावले उच्च जोखिममा रहेकोले यो परियोजना सान्र्दभिक र समयसापेक्ष रहेको बताउनुभयो ।

काम गर्दा जिल्ला विपद व्यवस्थापन समितीको गाइड लाइन अनुसार गर्न सुझाव दिदैं यससंग सम्बन्धीत अन्य संघसंस्थासंग समन्वय गरेमा अझ प्रभावकारी हुने बताउनुभयो । स्थानीय विकास अधिकारी एवं जिल्ला परियोजना परामर्श समितीका संयोजक श्रवण कुमार पोख्ररेलले विपद व्यवस्थापनको क्षेत्रमा काम गर्न आएको संस्थाको  कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसलाई  पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गर्नुृभयो ।

सो अवसरमा राजनीतिक दलका प्रतिनिधिहरुले अनुगमन र मुल्याकंनलाई विशेष ध्यान दिएर उद्धेश्य  अनुरुप काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा आरआरएनका कार्यकारी निर्देशक ज्ञान बहादुर अधिकारीले सरकारी निकायसंगको समन्वय र सहकार्यमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै  परियोजना संयोजक मदिना पौडेलले छलफलमा दिएका सुझावहरुलाई ममन गर्दै आगामी दिनमा  सबैसंगको समन्वय र सहकार्यलाई जोड दिदैं सरकारको निर्देशिका अनुसार काम गर्ने प्रतिवद्धता दोहोराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित