गृहमन्त्रीलाई युवासंघ नेपालका अध्यक्षको चेतावनी

pahariकाठमाडौं । युवासंघ नेपालले सोमबार रुपन्देही युवासंघ संघका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलिले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर  ज्ञापन पत्र बुझाएको छ ।

 ज्ञापन पत्र बुझाउने क्रममा पहारीले राज्यले उक्त घटनामा यथासीघ्र छानमिन प्रकृया अगाडि नबढाको खण्डमा युवासंघ नेपाल चुप लागेर नवस्ने चेतावनी दिएका थिए ।

 हत्याको छानबिन गर्न गृहमन्त्रीले उच्चस्तरीय छानमिन टोली गठन गर्ने प्रतिबद्धताका साथ आरोपीतलाई तत्काल पक्राउ गर्ने उदघोष गरेका थिए ।

 उक्त घटनाको सम्बन्धमा एअाइजी बिज्ञानराज शर्माको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भइसकेको छ । पहारीले घटनाका दोशीलाई पक्राउ नगरे नेपाल बन्द गर्ने सम्मको चेतावनी दिएका थिए ।

संघले आज बिहान पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न तिवारीको हत्या गरिएको भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले आज सरकारले छानबिन समिति गठन नगरे भोलिबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा आज हत्याको विरोधमा दिउँसो देशभरि चक्काजाम गर्ने अध्यक्ष पहारीले जानकारी गराउनुभयो ।

यसैगरी सङ्घले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । सङ्घका महासचिव किरण पौडेलको संंयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समिति गठन गरेको हो । रासस ( क्भभ mयचभ बतस् जततउस्ररधधध।मबष्लष्पलभउब।िअयmरद्दण्ज्ञटरज्ञद्दरज्ञढडडटढ।जतm३िकतजबकज।ह्उतक्ष्मतजण्।मउगा

प्रतिक्रिया

सम्बन्धित