आजको मौसमः तराईमा बाक्लो कुहिरो, हिमाली भेगमा हिमपात

hussu

काठमाडौं । आज पनि मौसममा आंशिक बदली भएको छ । तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले हवाई र सडक यातायात प्रभावित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित